Aglene Sur lyrics
 by Nepathya
		
		अग्लिने सुरमा हिमाल
गहिरिने तालमा नदी
अग्लिने सुरमा हिमाल
गहिरिने तालमा नदी
जन्मै देखिको लडाइँ यो
खै कहिले सकिने हो
कहिले सकिने हो
अग्लिने सुरमा हिमाल
गहिरिने तालमा नदी
पर्वतहरु फोरी भित्र
दुखेको दुखै
पर्वतहरु फोरी भित्र
दुखेको दुखै
हिम पहिरो छलेको छलै
छाँगो छाँगै छ-छल्क्यो पानी
नदी गहिरो बग्यो कता-कता
थाहा छैन छुट्ने कहाँ
एउटा जुनी धुँदा पनि
सेतै रहन्छ हिमाल
निलै निलो आकाश
निलै निलो आकाश
निलै निलो आकाश