Galti Hajar lyrics
 by Narayan Gopal
		
		
गल्ती हजार हुन्छन यहाँ
होश हराएको बेला
एक्लै तिमी न आऊ म
मातिएको बेला
म मातिएको बेला
मेरा यी हातहरुले कहीं
घात गर्न सक्छ
अनि प्यारो गर्दा गर्दै
पाप पनि गर्न सक्छ
रूपको के मुल्य हुन्छ म
पशु भएको बेला
एक्लै तिमी न आऊ म
मातिएको बेला
म मातिएको बेला
कहीं धर्म गर्ने निहुमा
बलिदान हुन नपाओस
सम्पूर्ण अंग बाधी
अत्याचार हुन नपाओस
मेरा कामना हरुले मलाई
हराईदिन्छ
तिमी भन्दा तिम्रो योवन
कहीं मन पराईदिन्छ
रक्षक मलाई नसम्झ
राक्षश भएको बेला
एक्लै तिमी न आऊ म
मातिएको बेला
म मातिएको बेला