Birsu Bhanchu lyrics

by

The Edge Band


[Intro]
बिर्सु भन्छु म तिमीलाई
यादहरूले झस्काइ दिन्छ
मुछुको माझ बस्छु भन्थ्यौ
दुखाई जानु रहेछ

[Verse 1]
तिम्रो निर्दोषी आँखामा सपना सजाउनु भुल भो
तिम्रो सम्झनाहरू मुटुमा बिजाउने काडा भो
सुनाउलो पानामा कोरेका शब्दहरू
आँशुले मेटाउदै छु
भाविले लेखेको अधुरो कथा सुनाउदै छु

[Verse 2]
सकिन तिमीले चाहेको
सारा खुशी दिनलाई
दुखेको घाउ मुटुमै छ
सुनाउ म के तिमीलाई
बुझेनौ कि तिमीले
भावना सबै पोखे थिए
आँशुको थोपा आँखामै राखी
तिम्रो खुशीमा हाँसे थिए

[Outro]
सुनाइ देउ त्यो निर्दही मायालाई
पिडा बोकी बाँच्छु जान्नेको
सुनाइ देउ त्यो निष्ठुरी मायालाई
आँशु पुछि हाँस्न थालेको छु
सुनाइ देउ निर्दही मायालाई
सुनाइ देउ निष्ठुरी मायालाई
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net