Jham Jham Paryo Pani lyrics
 by James
		
		
झमझम पर्यो पानी, गुर्जाघाटैमा
जाडो बढ्यो सानी, आउन काखैमा
मरेनीको मुनाल गाम्छ, "कति राम्रो जोडी?"
घर मेरो लुलाङ हो, बसाँई सर्ने हो कि?
आहै झम्झम्  झम्झम्  झम्झम् पर्यो पानी
म्याग्दी खोला बगी आयो, गुर्जाखानीबाट
जीवनभरि साथ दिन्छु, समाऊ मेरो हात
मोटरमा घुम्न जाने, वेनीको बजार
म'या लाउन लेख्या रै'छ, दैवले जुरा'र
आहै झम्झम्  झम्झम्  झम्झम् पर्यो पानी ....
ताकमबाट उँभो-उँभो लागेको गोरु
तिमीबिना यो जीवन, बाँचु कि मरूँ?
देउरालीमा बोको काटी भाकल गरी आ'छु
टुना-मुना पिरती, पागलै भा'छु
आहै झम्झम्  झम्झम्  झम्झम् पर्यो पानी ....